खरिद मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य समायोजन

Spread the love

बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य कायम गरिएको हो।नेपालआयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य कायम गरिएको हो।

नयाँ मूल्यअनुसार १४.२ केजीको एलपी ग्यास सिलिन्डर अब २ हजार ६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ थियो। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। ईन्डियन आयल कर्पेरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य समायोजन गरेको जनाएको छ। आईओसीबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको खरिद मूल्य घटेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो।

त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १,५६६ अमेरिकी डलर कायम गरिएको छ। पोखरा र भैरहवाका लागि भने ‘ब्रेकइभन पोइन्ट’का आधारमा मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण उपभोक्तालाई राहत दिने उद्देश्यले यो मूल्य समायोजन गरिएको हो।