चुनाव हुन्छ। तयारी अवस्थामा रहनू-प्रधानमन्त्री सुशीला कार्की

Spread the love

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन हुने स्पष्ट संकेत गर्दै युवाहरूलाई नेतृत्वमा आउन आग्रह गरेकी छन्। सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले कुरा गर्दै चुनावको तयारीमा रहन सुझाव दिएकी हुन्।प्रधानमन्त्री कार्कीले भनिन्, “चुनाव हुन्छ। तयारी अवस्थामा रहनू। तपाईंहरूजस्ता युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। त्यसो भयो भने मात्र देशमा केही न केही परिवर्तन हुन्छ।”उनले पुरानो पुस्ताको अनुभव र सल्लाह महत्वपूर्ण भए पनि देशको नेतृत्व युवाले नै गर्नुपर्नेमा जोड दिइन्। “बाँसको कलमले अक्षर लेख्न सिकेकाहरूले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गरेर हुँदैन,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।देशलाई अगाडि बढाउन युवामा साहस र ऊर्जा रहेको उल्लेख गर्दै उनले नेतृत्व तहमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्। “युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उनीहरूले साहसिक कदम चाल्न सक्छन्। देश युवाले नै हाँक्नुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन्।