भाेट माग्याै् भाेट दियाैं घरमा केही छैन गरिवकाे चमेलि बाेल्दिने काेहि छैन

Spread the love

चितवनको टिकौली जंगल नजिक सडक किनारमा एक महिला निगुरो बेचिरहेकी थिइन् । उनको अगाडि केही मुठा निगुरो, एउटा पहेँलो बोरा र सानो झोला थियो ।
त्यत्तिकैमा सुनौलो रंगको एउटा गाडी रोकिन्छ । गाडीबाट नेपाली सेनाको युनिफर्म लगाएका केही व्यक्ति ओर्लिन्छन् । उनीहरू महिलातर्फ जाँदा महिला आत्तिन्छिन् र आफूसँग भएको निगुरो जोगाउन खोज्छिन् ।
तर ती व्यक्तिहरूले निगुरो भुइँमा राख्न लगाएर गाडीमा हाल्छन् र त्यहाँबाट निस्किन्छन् । दैनिक गुजारा चलाउन निगुरो बेच्दै आएकी ती महिला निराश देखिन्छिन् । घ’टनास्थलमा रहेका अर्का एक पुरुषले पनि सेनाबाट दुःख पाएको गु’नासो गरेका छन् ।भिडियोमा देखिएका व्यक्तिको कुममा निकुञ्जको ब्याच देखिएकाले यो घ’टना राष्ट्रिय निकुञ्ज क्षेत्रकै भएको अनुमान गरिएको छ । तर नेपाली सेनाले भने उक्त भिडियो ‘फेब्रिकेटेड’ अर्थात् बनावटी ढंगले प्रस्तुत गरिएको दाबी गरेको छ ।

नेपाली सेनाका प्रवक्ता ले भिडियोमा देखिएको गाडी सेनाको नभएको बताएका छन् । उनका अनुसार भिडियोलाई निकुञ्ज क्षेत्रको दृश्यजस्तो देखाएर फरक ढंगले प्रस्तुत गरिएको हो ।

यता आरपीए भ्लगका सञ्चालक ले भने भिडियो वास्तविक भएको दाबी गरेका छन् । उनले आफूले हिजो चितवनमै उक्त भिडियो खिचेको बताउँदै निगुरो जफत गर्नेहरू नेपाली सेना नै भएको बताएका छन् ।

उनका अनुसार जंगलबाट निगुरो टिप्न जाँदा सेनालाई ३०० रुपैयाँ बुझाउनुपर्ने र रकम तिरेर संकलन गरेको निगुरो समेत जफत गरिएको देखिएको हो । ती महिला सुकुम्बासी बस्तीकी रहेको र स्थानीयहरू जंगलबाट निगुरो संकलन गरेर बेच्दै दैनिक गुजारा चलाउने गरेको उनले बताएका छन् ।
सैनिक प्रवक्ता बस्नेतका अनुसार निकुञ्ज क्षेत्रमा सुरक्षा जिम्मेवारी सेनाले सम्हाल्ने भए पनि अन्य व्यवस्थापन निकुञ्ज प्रशासनले हेर्ने गर्दछ । साथै अनुमति बिना निकुञ्ज क्षेत्रबाट निगुरो संकलन गर्न नपाइने कानुनी व्यवस्था रहेको उनले बताएका छन् ।