शान्ति, स्थिरता र अस्तित्वका विषयमा गम्भीर रूपमा सोच्नुपर्ने- रवीन्द्र मिश्र
स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा व्यक्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि व्यंग्य गरेका छन्।बिहीबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलपछि उनले वर्तमान नेतृत्वलाई मात्र केन्द्रमा राखेर देशको भविष्यको मूल्यांकन गर्न नहुने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले व्यंग्यात्मक शैलीमा “मानौँ, यो देश रास्वपाको यही पुस्ताका नेताहरूको मात्र पेवा हो, मानौँ भविष्यमा सो पार्टीमा खराब नेतृत्व आउँदै आउँदैन” भन्ने टिप्पणी गरेका छन्।
उनले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै क्षेत्रीय तथा विश्व शक्ति सन्तुलनको प्रभाव देशमा पर्न सक्ने चेतावनी पनि दिएका छन्। साथै विविध जातीय, धार्मिक र क्षेत्रीय सम्बन्धमा सम्भावित चुनौतीहरूलाई नजरअन्दाज गर्न नहुने उल्लेख गरेका छन्।
मिश्रले देशभक्ति र राष्ट्रिय एकताको प्रतीकात्मक आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक नेतृत्व वा राष्ट्रपतिको संस्थामाथि मात्र पूर्ण भरोसा गरेर बस्नु उचित नहुने धारणा राखेका छन्।
उनका अनुसार अधिकांश युवापुस्ता विदेशिने सम्भावना रहेको अवस्थामा भविष्यमा नेपालमै बस्ने करोडौँ नागरिकका लागि दीर्घकालीन नीति आवश्यक छ।
विश्व परिस्थिति दिनप्रतिदिन अस्थिर बन्दै गएको उल्लेख गर्दै मिश्रले नेपालजस्तो देशले शान्ति, स्थिरता र अस्तित्वका विषयमा गम्भीर रूपमा सोच्नुपर्ने बताएका छन्।
