सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Spread the love

लैंगिक हिंसा विरुद्ध‌को १६ दिने अभियान अन्तर्गत चितवन उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संयुक्तको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समिति चितवनको सहकार्यमा जिल्ला चितवन उद्योग वाणिज्य संघको सभाहलमा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक अस्मिता तिमिल्सेना रिमालकाे अध्यक्षतामा बागमती प्रदेश सरकारका सहकारी तथा गरीवी निवारण मन्त्री माननिय बिनु रायमाझीकाे प्रमुख आतित्थ्यता तथा यस जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरीकाे उपस्थितिमा “प्रविधिको सही प्रयोग गरौँ लै‌ङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ आयोजना गरिएको सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा १८० जनाको सह‌भागितामा रहेको थियाे ।