एमाले नेताहरू आफ्नाे आफ्नाे गुटमा भेला हुन थाले

Spread the love

एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतरको समूहले ११औँ महाधिवेशनका लागि सक्रियता तीव्र बनाएको छ । अध्यक्ष ओलीसँग महाधिवेशनमा उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्णय गरेपछि एमालेमा पक्ष विपक्षमा नेताहरू खुल्न थालेका छन् । अध्यक्ष ओली समूहमा खुलेका नेताहरू निरन्तर गुण्डुस्थित ओलीनिवास र पार्टी कार्यालय च्यासलमा जम्मा भइरहेका छन् । च्यासलमा महामसचिव शंकर पोखरेलको वरिपरि नेताहरू देखिन थालेका छन् । जअनि, पोखरेल समूहका नेताहरू भने च्यासलबाहेक अन्य विभिन्न केन्द्रमा देखिन थालेका छन् । पोखरेल समूहका नेताहरू पछिल्ला छलफल भने बागबजारस्थित हार्दिक होटलमा गरिरहेका छन् । हिजो हार्दिक होटलमा एमालेका पदाधिकारीहरू भेला भएर पोखरेलको पक्षमा धारणा राखेका थिए । उनीहरूले एमालेमा रुपान्तरणको अनिवार्यताबारे बोलका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्षमा अघि सार्न उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे देखिएका थिए । अनि, सचिव योगेश भट्टराई पनि उपस्थित थिए । त्यसो त, सचिव गोकर्ण विष्ट पनि यही समूहमा रहेका छन् । यद्यपि यो समूहले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि साथ लिन खोजेका छन् । उपाध्यक्ष पौडेल भने ओली समूहमा खुलेका छन् र उनी अध्यक्षपछिको दोस्रो र उपाध्यक्षतर्फ पहिलो वरीयतामा रहने प्रयासमा छन् । त्यसमा अध्यक्ष ओली सकारात्मक देखिएको एमाले स्रोतहरूको भनाइ छ ।जत्यहीकारण उनी ओलीकै समूहमा रहेको दाबी भइरहेको छ । त्यसबाहेक  गुरुङ भने महासचिवका दाबेदार हुन् । उनलाई पनि ओलीले महासचिवमा आश्वासन दिएका छन् तर ग्यारेन्टी नभएका कारण उनी भने ढुलमुलमै रहेको पनि एमालेमा चर्चा भइरहेको छ । त्यसैले, पोखरेलको समूह गुरुङलाई महासचिव दिएर तान्न सकिने रणनीतिमा छ । ओलीको समूहबाट महासचिवमा प्रदीप ज्ञवाली पनि दाबेदार छन् । एकथरीले भने महासचिवमा शंकर पोखरेलको निरन्तरता हुनुपर्ने बताइरहेको छ । त्यसैले, ती असन्तुष्टलाई तान्न सकिने पोखरेल समूहको आस रहेको छ । यद्यपि अहिले पोखरेल समूहमा नेताहरू खुल्न भने थालेका छन् । हिजो पदाधिकारी तहबाट पाँच जना पोखरेल समूहमा खुलेका थिए । आज त्यही हार्दिक होटलमा केही प्रभावशाली महिला नेताहरू पनि खुलेका छन् । अष्टलक्ष्मी शाक्य पदाधिकारीको हैसियतमा खुलिसकेकी छिन् । पदाधिकारी नभएका तर एमालेका केन्द्रीय कमिटीमा रहेका नेताहरू विन्दा पाण्डे, रचना खड्का, उषाकिरण तिम्सिना, शर्मिला कार्की, सरिता न्यौपानेलगायतका महिला नेताहरू पोखरेलको समूहमा खुलेका छन्