मानव अधिकार तथा शान्ति समाज चितवनद्धारा प्रदर्शन
पूर्ण चन्द्र चापागाई
२३ मंसिर २०८२ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस ९ डिसेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुरको चौवसकोठीमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सुशासनका लागी आर्थिक दण्डहिनता अन्त्य गर, भ्रष्ट शिर्ष नेतालाई कारवाही खोई?,शिर्ष भ्रष्ट पात्रलाई कारबाही गर्नु सुशासनको माग, भ्रष्ट पात्र र प्रवृत्तिलाई ईतिहासले खारेज गरिसक्यो, नयां सरकार पनि पुरानै मार्गमा किन ? लगायतका ब्यानर र प्ले कार्डहरू प्रदर्शन गरिएको थियो प्रदर्शनमा मावव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाही लगाएत १ दर्जन बढी अधिकार कर्मी हरुको सहभागिता रहेको थियो।
संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर आज डिसेम्बर ९ गते भ्रष्टाचार विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।आधा घन्टाको मौन प्रदर्सनमा केन्द्रिय सदस्य शम्भु राउत, शाखा सभापति पुर्ण चन्द्र चापागाई, उपसभापति जिवन के सि, सचिव जयन्ति प्रसाद उपाध्याय, कोषाध्यक्ष कृति चौधरी, सदस्य सुमि गौतम, लक्ष्मि सुवेदी, विश्वराज ढुङगाना, पुर्ब शाखा सभापति अनन्त ढुङगाना, तारा पौडेल, ऋषिराम खनिया, प्रेम अर्याल, शोभाखर भुषाल, मुक्तिनाथ धिमिरे, खेमराज पोख्रेल, आजिवन सदस्य मिठु गौतमको सहभागिता रहेको थियो।
