निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री बानियाँ
सरस्वति गाैतम
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् ।मुलुक राजनीतिक दलको नेतृत्वमा अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिक दललाई लामो समय बाहिरराखेर मुलुकमा स्थिरता ल्याउन नसकिने बताए ।सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले भने, “मुलुकको संघीय सरकार लामो समयसम्म जनप्रतिनिधिविहीन हुनु हुँदैन। समयमै निर्वाचन गराएर गैरदलीय सरकार बाहिरिनु पर्छ ।जनप्रतिनिधि मूलकसरकार नहुँदा के अवस्था हुनेरहेछ भन्ने हेटौंडाका व्यवसायीले भरखरै भोग्नु परेको उनले चर्चा गरे ।जनताका प्रतिनिधिहरूको सरकार नहुँदा हेटौंडाका व्यवसायीमाथि प्रहार भयो । यसअघि पनि पटक पटक सडक भत्काउने प्रयास भएको थियो । जनप्रतिनिधिमूलक सरकार लखेटेर नागरिकको नाममा गठन भएको सरकारले समाधानको बाटो नखोजी के गर्यो सबैले देखेकै छौं, उनले भने ।प्रदेश सरकार गरिब किसान, विपन्न नागरिकलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउँदै उनले शिक्षालाई प्राविधिक सीप दिएर मुलुकमै रोजगार सिर्जना गराउन प्रयासरत रहेको बताए ।प्रदेश सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताउँदै उनले आगामी बजेट निर्माणको काम अघि बढ्नु अघि नै प्रस्तावहरू ल्याउन निजी क्षेत्रलाई आग्रह गरे ।विघटित प्रतिनिधिसभाका कांग्रेस मुख्यसचेतक श्याम घिमिरेले धारा ७६ बाहेक अन्य कुनै पनि धाराले प्रधानमन्त्री बन्न नसक्ने बताए । वर्तमान सरकार संवैधानिक रहेको भन्दै उनले संविधानको उल्लेखसमेत नगरी गरिएको प्रतिनिधिसभा विघटन पनि असंवैधानिक रहेको बताए ।मुलुकमा व्यवसायिक वातावरण निर्माण हुन नसकेको भन्दै उनले प्रदेश व्यवसायीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरे ।विघटित प्रतिनिधिसभाका सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले दल कमजोर बनाएर मुलुकलाई द्वन्द्वमा होम्ने षडयन्त्र चलिरहेको बताए ।
“नेपाललाई युक्रेनजस्तो अवस्थामा पुर्याउन जिलेन्स्कीको खोजी भइरहेको छ । समाजमा द्वन्द्व भित्र्याउन प्रयास भइरहेको छ, ” उनले भने, “मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर छ। हतियार र अपराधी बाहिर राखेर कस्तो निर्वाचन होला ?”
उनले जेनजी आन्दोलनपछि व्यवसायिक वातावरण थप बिथोलिएको भन्दै बाह्य लगानी भित्र्याउन पनि नयाँ परिस्थिति निर्माण आउनुपर्ने बताए ।उनले जेनजीसमेतको सहमतिमा संविधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनमा जानुपर्ने बताए ।विघटित प्रतिनिधिसभाकी सांसद तथा कांग्रेस सचेतक सुशीला थिङले सरकार संवैधानिक रहेकोखु बताइन् । उनले संसद् भंग गर्नु पनि असंवैधानिक भएको भन्दै त्यसैकारण संसद् पुनःस्थापना हुनुपर्छ भनेर आफूहरू अदालत गएको बताइन् ।समाजमा भाइरल प्रवृत्ति छ, त्यसले समाजलाई ठीक ठाउँमा पुर्याउँदैन ।समाज र मुलुक थप दुर्घटनामा जान सक्छ । जसले जे काम गर्ने हो, त्यसले त्यही नगर्दा अहिले समस्या आएको हो ।
