उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न
दिगन्तराज पन्त
भरतपुर, चितवनमा आयोजना भएको उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलामा केन्दिय समिती सदस्य संजिव भट्टराई (चितवन) , ई. डा. शंकर ढकाल (काभ्रे) र डा. आशुतोष विजय पन्त को उपस्थिति थियो जहाँ संजिव भट्टराईले पार्टिको साङठनिक र नितिगत बिषयहरुमा अभिमुखिकरण गर्नुभयो। भेलामा ५० विभिन्न क्षेत्रमा प्रतिष्ठित ब्यक्तित्व, पार्टी सुभेच्छुक तथा सदस्यहरुको उत्साहप्रद उपस्थिती रह्यो।उपस्थित मध्यबाट चितवनका ३ वटै निर्वाचन क्षेत्रहरू मा क्रमश: क्षेत्र १ मा कुशल के. सि, क्षेत्र २ मा सरला लामिछाने र क्षेत्र ३ मा समीर के. सि लाई सर्वसम्मतले निर्वाचन क्षेत्र सम्पर्क व्यक्ती तोकी उहाँहरु मातहत सम्पर्क समिती घोषणा गरियो। कुशल नेपाल-अष्ट्रेलिया प्रवासी नेपाली संगठनमा सकृय छ्न, सरला विवेकशील आन्दोलन को एक नेत्री हुन भने समीर शिवनगर क्षेत्रमा प्रभावशाली स्वतन्त्र नेता हुन। यसैविच, आगामी १७ गते काठमाडौमा हुन लागेको पार्टी घोषणा सभामा चितवन जिल्लाबाट व्यापक उपस्थितिको लागि सम्पुर्ण सदस्यहरुलाई परिचालन हुन केन्दिय सदस्य संजिव भट्टराईले बिशेष आग्रह गर्नुभयो। यससाथै सम्पुर्ण पार्टी पंक्तिलाई निर्वाचन केन्द्रिय सँगठन निर्माण तथा प्रचारप्रसार कार्यक्रममा लाग्न निर्देशन गरियो। मंसिर १७ को घोषणा कार्यक्रम लगत्तै जिल्ला कमिटी निर्माण गर्ने निर्णय गरी भेला सम्पन्न भयो।

