६०भन्दा बढी कर्मचारी तथा शिक्षकलाई हाजिर नगर्न पालिकाले अनुरोध
दैलेखको भैरवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि करार अवधि थप नभएका कर्मचारी र सामुदायिक विद्यालयमा पालिकाको अनुदानबाट पारिश्रमिक पाउँदै आएका शिक्षक तथा कर्मचारीलाई हाजिर रोक्न भनेको हो उनका अनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा नगरपालिका बजेटबाट तलब–भत्ता पाउँदै आएका करार शिक्षक, विद्यालय कर्मचारी, लेखा सहायक र बाल विकास सहयोगीका लागि विनियोजित बजेट आर्थिक वर्ष २०८२/८३ को श्रावणदेखि कार्तिक मसान्तसम्मका लागि मात्र पर्याप्त भएको छ। चाडपर्व खर्चसमेत समेट्दा उपलब्ध स्रोत सकिएका कारण आजदेखि अनुदानबाट तलब–भत्ता उपलब्ध गराउन नसकिने अवस्था आएको उनले बताए।यस कारण अनुदानमार्फत तलब-भत्ता पाउँदै आएका शिक्षक तथा कर्मचारीलाई हाजिर नगर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले बताए । साथै, सो अनुरोध विपरीत कार्य भएमा त्यसबाट उत्पन्न आर्थिक दायित्व गाउँपालिकाले वहन गर्न नसक्ने उनले जानकारी दिए ।
