राष्ट्रिय कर दिवसकाे अवसरमा करदाता लाई सम्मान

Spread the love

व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेबापत उनलाई सम्मान गरेको हो ।अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरूलाई सम्मान पत्र प्रदान गरेका हुन् । सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भयो।वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना-प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भएका छन् । निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषिरपशुजन्य: पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएका छन् । स्वास्थ्य/शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटेल सम्मानित भएका छन् ।वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्य स्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् ।व्यक्तिगत आयकरमा राजबहादुर शाह र समयमै कर तिर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएका हुन् । ५० करोड भन्दा बढी कारोबार गर्ने कम्पनीमा भीएफ सर्भिसेज र विशेष उद्योगका रूपमा युनिलिभर नेपाल सम्मानित भएका छन् ।