भीम रावलले पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता पाउने
नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका भीम रावलले पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता पाउने भएका छन्। उनको ‘मातृ भूमी जागरण’ अभियान बुधबार एक कार्यक्रमकाबीच नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छ। रावलसँगै पूर्व सांसद प्रकाशबहादुर शाह पनि समाहित हुँदै छन्।रावललाई श्रेष्ठपछिको वरीयता दिने तयारी रहेको नेपाली कम्युनिस्ट पार्टीका एक नेताले जानकारी दिए। माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको परिलो वरीयतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्।
