प्रशिक्षकसँगको विवादले फुटबल समर्थकहरूको चासो
पोर्चुगिज फुटबल सङ्घको अनुशासन समितिले ४१ वर्षीय रोनाल्डोले जानाजानी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै कारबाही गरेको हो। अक्टोबर १९ मा सार्वजनिक निर्णयअनुसार उनलाई सङ्घको अनुशासन नियमावलीको धारा १६०(१) अन्तर्गत दोषी ठहर गरिएको हो।पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेको घटनामा पोर्चुगिज फुटबल सङ्घले ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ। मुख्य प्रशिक्षक जोर्जे जेसुससँग टोलीमा आफ्नो भूमिकालाई लिएर विवाद भएपछि रोनाल्डोले शिविर छाडेका थिए।
के थियो रोनाल्डो र प्रशिक्षकबीचको विवाद?
विवादको सुरुवात नोर्वेविरुद्धको खेलबाट भएको थियो। उक्त खेलमा रोनाल्डोलाई वैकल्पिक खेलाडीका रूपमा तयारी गराइए पनि मैदान प्रवेश गराइएको थिएन। त्यसपछि उनले प्रशिक्षक जेसुसले आफ्नो भूमिकाबारे दुई पटक दिएको वचन पूरा नगरेको आरोप लगाएका थिए।यसै विषयलाई लिएर असन्तुष्ट बनेका रोनाल्डोले सेप्टेम्बर ३० मा डेनमार्कविरुद्धको खेलअघि कोपेनहेगनस्थित पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका थिए।प्रशिक्षक जेसुसले रोनाल्डोसँग खेल्ने समयबारे कुनै सम्झौता भएको दाबी अस्वीकार गरेका छन्। तर डेनमार्कमाथि पोर्चुगलले २–१ को जित निकालेपछि उनले रोनाल्डोको टोलीमा पुनरागमनको सम्भावना खुला रहेको बताएका थिए।
२५५ युरो जरिवाना, प्रतिबन्धको अवधि पनि सुरु भइसकेको
पोर्चुगिज फुटबल सङ्घको निर्णयअनुसार रोनाल्डोलाई ३० दिनको निलम्बनसँगै २५५ युरो जरिवाना गरिएको छ।अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार प्रतिबन्धको अवधि अक्टोबर १ देखि गणना गरिएको छ। निर्णय सार्वजनिक हुँदासम्म रोनाल्डोले १९ दिनको प्रतिबन्ध पूरा गरिसकेका थिए। त्यसैले निर्धारित अवधि अक्टोबरको अन्त्यतिर सकिनेछ।यसअघि अनुशासनात्मक कारबाहीको प्रक्रिया चलिरहेका बेला उनलाई अस्थायी रूपमा पनि निलम्बन गरिएको थियो। अन्तिम निर्णयमा उक्त अवधि गणना गरिएको विषयसमेत स्पष्ट पारिएको छ।
नोभेम्बरमा राष्ट्रिय टोलीमा फर्कन सक्ने
प्रतिबन्धको अवधि नोभेम्बरका अन्तर्राष्ट्रिय खेलअघि समाप्त हुने भएकाले रोनाल्डो पोर्चुगलको टोलीमा फर्कन योग्य हुन सक्नेछन्। पोर्चुगलले नोभेम्बर १४ मा डेनमार्क र नोभेम्बर १७ मा वेल्ससँग खेल्ने तालिका छ।तर टोलीमा पुनः स्थान पाउने वा नपाउने निर्णय प्रशिक्षकको छनोटमा निर्भर रहनेछ। पोर्चुगिज फुटबल सङ्घका अध्यक्ष पेद्रो प्रोएन्साले पनि विवाद समाधान भएपछि रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएको हेर्न चाहेको बताएका छन्।रोनाल्डोले यसअघि सार्वजनिक वक्तव्यमार्फत टोली छाड्नु र समर्थकलाई उचित अभिवादन नगर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै सम्भावित सजाय स्वीकार गर्ने बताएका थिए।रोनाल्डोको कारबाहीले राष्ट्रिय टोलीमा अनुशासन र खेलाडीको भूमिकासम्बन्धी बहसलाई फेरि चर्चामा ल्याएको छ। प्रतिबन्धपछि उनी टोलीमा फर्कन्छन् कि प्रशिक्षकसँगको विवादले सम्बन्ध थप जटिल बनाउँछ भन्ने विषयमा फुटबल समर्थकहरूको चासो बढेको छ।
