सहकारी संस्थाहरुको साधारणसभा पारदर्शी र अनुशासित बनाउन निर्देशन
सहकारी सिद्धान्तअनुरुप साधारणसभाको आयोजना, कार्य प्रणाली र निर्णय प्रमाणीकरणका विषय स्पष्ट गर्न यो निर्देशन जारी गरिएको हो।निर्देशनअनुसार अबदेखि सहकारी संघसंस्थाले साधारणसभाको सूचना ३० दिनअघि नै प्रस्तावहरुसहित सार्वजनिक गर्नुपर्नेछ। साथै, दुई हजार वा सोभन्दा बढी सदस्य रहेका सहकारी संस्थाले साधारणसभा गर्दा स्थानीय तह वा वडा कार्यालयमा सञ्चालक सदस्य पठाएर निर्णय प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएको भौगोलिक दूरीका कारण एकै ठाउँमा सबै सदस्य सहभागी हुन नसक्ने अवस्थालाई मध्यनजर गर्दै, यस्तो संस्थाले बढीमा ७ वटासम्म इकाइ गठन गरी छुट्टाछुट्टै सभा सम्पन्न गर्न पाउने निर्देशनमा उल्लेख छ।यससँगै, सहकारी संस्थाहरुलाई सहकारी ऐन, २०७४ अनुसार पुस मसान्तभित्र अनिवार्य रूपमा साधारणसभा सम्पन्न गर्नुपर्ने भनिएको छ। साधारणसभा सम्पन्न भएपछि १५ दिनभित्र सबै विवरण कोपोमिस प्रणालीमार्फत विभागमा अद्यावधिक गर्नुपर्ने विभागको निर्देशनमा उल्लेख छ ।
