सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ

Spread the love

दरबारमार्गस्थित नेपाल ट्रस्टकाे जग्गा लिजमा सरकारलाई ठगी गरेकाे घटनामा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराेले छानबिन थालेकाे छ। सिआइबीले नेपाल ट्रस्ट कार्यालयका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी अनुसन्धान थालेकाे सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

कार्कीले लिज सम्झाैतामा भन्दा एक कित्ता धेरै जग्गा दिएकाे सिआइबीले जनाएकाे छ। साे जग्गा यती समूहकाे थामसेर्कु ट्रेकिङ कम्पनीले लिजमा लिएर सञ्चालन गर्दै आएकाे छ।