रास्वपा बैठकमा रेशम चौधरी स्वर्णिम वाग्ले बाबुराम भट्टराई सहभागी

Spread the love

संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत सहभागी छन् ।

जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको बताएको छ । नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्यका नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति वाग्लेले बताएका छन् ।