नेपाली कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष

Spread the love

पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ।महाधिवेशन निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो।समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनले कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरुको मतान्तर सहमतिको नजिक पुगेको पनि आफूले अनुभूति गरेको बताए।नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन पछि आगामी वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान राख्दै आएको छ भने महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचन अघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेपछि चालु केन्द्रीय समितिको बैठकसमेत भोलिसम्मका लागि स्थगित गरिएको छ।