डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रूपैयाँ घट्याे

Spread the love

निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको हो। 

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको हो।

पेट्रोलको भाउ भने यथावत छ।

निगमका अनुसार शुक्रबार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीमा पेट्रोलको भाउ ०.०३ रूपैयाँ र हवाई इन्धनको ०.८६ रूपैयाँ बढेर आएको छ। डिजेलको १.१९ रूपैयाँ घटेर आएको छ।