निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख, प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमणमा भई कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, हिरासत कक्ष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लगायतका सम्पुर्ण शाखाहरुको निरीक्षण अनुगमन गर्नुका साथै निर्देशन दिनुभएको थियो । यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले स्वागत तथा जिल्लाको समग्र बस्तुस्थिति जाहेर गर्नुभएको थियो उक्त कार्यक्रममा प्रहरी नायब उपरिक्षकहरू, जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत कार्यालयका सिनियर प्रहरी अधिकृत, अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
