प्रत्यक्ष निर्वाचित र प्रदेश संरचना र जिल्ला समन्वय समिति खारेज गर्नु उपयुक्त-गोकुल बास्कोटा

Spread the love

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले संविधान संशोधनबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्।

बास्कोटाले प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार अब केन्द्र र स्थानीय पालिका मात्रै रहने शासन संरचना उपयुक्त हुने बताएका छन्।

उनले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउनुपर्ने सुझाव पनि दिएका छन्। राष्ट्रिय सभामा पूर्ण समावेशी व्यवस्था लागू गर्दै महिला र पुरुषको प्रतिनिधित्व ५०–५० प्रतिशत हुनुपर्ने उनको भनाइ छ। साथै, उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको सभाध्यक्ष बनाउने प्रस्ताव समेत उनले अघि सारेका छन्।

त्यस्तै प्रतिनिधिसभामा रहेको समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने उनको धारणा छ। प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत महिला–पुरुषको प्रतिनिधित्व ४०–६० प्रतिशत कायम गर्नुपर्ने सुझाव उनले दिएका छन्।