बाढिपहिराे क्षति बड्न सक्ने नागरिकलाई सतर्क रहन-मुख्यमन्त्रिकाे आग्रह

Spread the love

भक्तपुरबाट काठमाण्डौ हुदै १६ जनाको टोलि लाङटाङ घुम्न आएकोमा वडा नं.०५ ब्याम्बो स्थित होटलमा बास बसी मिति २०८२।०६।१८ गते सोही होटलबाट लाङटाङ तर्फ जाने क्रममा अं.१८:०० बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा.४ बेरिङ खोल्सा स्थितमा निम्न विवरण भएका ४ जना मानिसहरुलाई अबिरल बर्षाको कारण लाङटाङबाट बाढी आई बगाई बेपत्ता भएको भनी निजहरु संग घुम्न आएको रोज कर्माचार्य (९८६४६७२८६८) ले जि.प्र.का. रसुवामा जानकारी गराउना साथ प्र.चौ. लाङटाङ रसुवाबाट प्र.स.नि. सुरथ गिरी (९८५१२७६०९७) को कमाण्डमा २ जना र नेपाली सेनाको लाङटाङ बेश क्याम्प रसुवाबाट जमदार धिर बहादुर भुजेलको कमाण्डमा ६ जना, साथै प्रहरी चौकी स्याफ्रुवेशी रसुवाबाट प्र.स.नि.अनिल कुमार शाह ( ९८५१२३७२५४) को कमाण्ड ४ जना र नेपाली सेना स्याफ्रुवेशी क्याम्पबाट सहायक सेनानी प्रेम सिं धामीको कमाण्ड १० जनाको टोली गरि जम्मा २२ जनाको सयुंक्त टोली खटिई गएको, उक्त स्थान प्र.चौ. लाङटाङ रसुवाबाट अं. ६ घण्टा पैदल उत्तर पर्ने र प्र.चौ. स्याफ्रुवेशी रसुवा बाट अं. ६ घण्टा पैदल पुर्व पर्ने, सवारी मार्ग नरहेको ।
निम्न खोल्साले बगाएको मानिसहरुः-
१) जिल्ला भक्तपुर ठिमी न.पा. बस्ने बर्ष अं.२०/२५ की सकृती श्रेष्ठ ।
२) ऐ.ऐ. बस्ने बर्ष अं. २०/२५ को किशन श्रेष्ठ ।
३) ऐ.ऐ. बस्ने बर्ष अं. २०/२५ की संगिता श्रेष्ठ ।
४) ऐ.ऐ. भक्तपुर न.पा. वडा नं.१० बस्ने बर्ष अं. २३ को रबि श्रेष्ठ । भएकाे वाग्मति प्रदेश हेटाैडाले जनाएकाे छ ।