सबै नागरिकलाई सतर्क रहन मुख्यमन्त्रि ईन्द्रबहादुर बानियाकाे आग्रह

Spread the love

देशको अधिकांश भूभागमा यहि असोज १८ गते शनिवार बिहानैदेखि परेको अविरल वर्षाका कारण बागमती प्रदेशका जिल्लाहरुका पहाडी भूभागमा पहिरो र नदिहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका नागरिकहरु उच्च जोखिममा छन् । मौसम बिज्ञान विभाग र बिज्ञहरुले हाल जारी बर्षा आगामी तीन दिनसम्म नै निरन्तर रहने प्रक्षेपण गरेकाले जारी बर्षाले ठुलो जन, धनको क्षति हुने सँभावना बढेको छ ।

यस अवस्थामा स्थानीय तहहरु, बागमती प्रदेश सरकार तथा संघीय सरकारले विपदको पूर्व तयारी र जोखिम सम्भाव्य क्षेत्रहरूको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सम्भाब्य जोखिम बारे पुर्व जानकारी दिई सुरक्षित रहने वातावरण बनाउनु, यसका लागि स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकार अन्तरर्गतका निकायहरूलाई जोखिमी क्षेत्रहरूको निगरानीका लागि समेत संयन्त्र परिचालन गर्न तथा जोखिममा परिसकेका जनताको ज्यूधनको रक्षाका लागि तत्काल राहत र उद्दारका कार्य सुरु गर्न अत्यन्त जरुरी छ । हाल नेपालीहरु महान चाड बडा दशैकाेअवसरमा टीका र आर्शिवाद ग्रहण गर्न जाने र फर्कने क्रम चलिरहेकाले उच्च सतर्कता अपनाउन, लामो दुरीको यात्रा नगर्नुहुन, असहज परिस्थितिमा आर्शिवाद ग्रहण गर्न सामाजिक संजालको उपयोग गर्नुहुन र अति आवास्यक अवस्थामा वाहेक घर बाहिर जोखिमी क्षेत्रमा नजान, सुरक्षित स्थानमा रहनुहुन तथा आ–आफ्नो ठाउँवाट आपसी साथ सहयोग गर्न आम नागरिक समक्ष अनुरोध गर्दछु ।

यस अवस्थामा बागमती प्रदेशभित्रका नेपाली कांग्रेस पार्टीका स्थानीय, क्षेत्रीय, जिल्ला, प्रदेशतहका बिभिन्न जिम्मेवारीमा रहनुहुने साथिहरु, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यहरु एवं सम्पूर्ण सांगठानिक संरचनाका साथीहरुलाई पुर्व तयारी गर्न तथा प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहतमा खटिएका तीनै तहका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्दै बाढी, पहिरो तथा डुवानमा परेका र पर्नसक्ने थप जोखिमका क्षेत्रको पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा यथाशीघ्र खटिन नेपाली कांग्रेस बागमती प्रदेश अपिल गर्दछ ।

साथै, प्रदेशभर प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल उद्धार, आवास्यक स्वास्थ्य उपचार, उचित राहतका साथै क्षतिपुर्ती प्रदान गर्न कुनै पनि कसर नराख्न र तयारी अवस्थामा रहन स्थानीय तह, बागमती प्रदेश सरकार तथा संघीय सरकारसंग नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सबैमा वाग्मति प्रदेशका मुख्यमन्त्रि ईन्द्रबहादुर बानिया बाट हार्दिक अपिल गर्नुभयाे ।