जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न कर्तव्यनिष्ठका साथ लाग्न आग्रह

Spread the love

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपतसम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवं विपत् उद्धार सामग्री भण्डार, पुलिस डिजास्टर रेस्पन्स टिमको अवलोकन गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

निरीक्षणपश्चात् आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपत् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको चर्चा गरे । सम्भावित विपतकाे जोखिमबाट हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै वेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उनले उपस्थित कर्मचारीहरूलाई निर्देशन दिए। 

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपत् व्यवस्थापन कार्यालय सामाखुसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपत् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपत् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्कता र भावी योजनालगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए। 

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो।