जाली नोट पहिचान तथा हस्ताक्षर विशेष तालिम सम्पन्न

Spread the love

राष्ट्रिय सहकारी बैंक लिमिटेड जोडपाटि शाखाकाे आयोजनामा सञ्चालन भएको एक दिवसीय जाली नोट तथा हस्ताक्षर जाँच विषयक तालिम सम्पन्न भएको छ। बैंकको जोरपाटी शाखा कार्यक्षेत्रमा सहकारी संघ संस्था ब्यावस्थापक लेखापाल तथा नगद काराेवार समिति कारोबार गर्ने कर्मचारीलाई जाली नोट पहिचान र हस्ताक्षर चेकजाँच गर्न सहयोग पुर्‍याउने साथै वित्तीय कारोबारलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न गरेको छ। तालिमसँग पनि बैंक र सञ्चार तथा प्रदेशका संयोजक रामहरी बजगाईले गर्नुभएको थियो। कार्यक्रम समापन सत्रमा मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले पछिल्लो समय बजारमा नक्कली बढेकोले यसमा सचेत रहन आफ्नो सुरक्षित जोखिम रहित बनाउन तालिम सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमले नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले जाली नोट पहिचान तथा हस्ताक्षर जाँचको विषयमा सहजकरण गर्नुहुँदै समयसमय बजारमा नक्कली नोट आउने गरेकोले कारोबार गर्दा सचेत रहन आग्रह गर्नुभयो।