साहसिक नेता स्वर्गीय चन्द्रकान्त न्यौपाने
राजतन्त्रका विरुद्धमा चितवनको सडक आन्दोलन चितवनमा होस् या काठमाडौँमा होस प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन मा सबैलाई समावेश गराई कांग्रेसको झण्डा बोकेर आन्दोलनको अगुवाई गर्नुहुने स्वर्गिय नेता चन्द्रकान्त न्याैपानेकाे स्मरणमा नेपाली कांग्रेस वार्ड नं ६ देवनागरमा १२ औँ स्मृति सभाको आयोजना गरी कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको छ । १२ औं स्मृतिसभामा बोल्दै प्रदेश नेपाली काग्रेस पाटि सभापति राजेस्वर खनाल वाग्मति प्रदेश सभासद उत्तम जोशी ,नेपाली कांग्रेस पार्टी सचिव ध्रुव पोखरेल ,उपसभापति राजीव न्यौपाने, नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सभापति हरु विकास कोइराला ,शेषनाथ अधिकारी ,तोप मानसिह गुरुङ, जितनारायण श्रेष्ठ ले सम्बोधन गर्नुहुँदै स्वर्गीय चन्द्रकान्त न्यौपाने प्रजातन्त्रको लागि लड्ने योद्धा हुनुहुन्थ्यो भनी प्रशंसा गर्नुभयो ।नेपाली कांग्रेस चितवनमा उहाँको अभाव भइरहेको बताउनु हुँदै उहाँले सबैलाई समावेश गरि पार्टी चलाउनु पर्छ भने सल्लाह दिनुहुन्थ्यो आज त्यहि सल्लाह दिने महान व्यक्तिको अभाव पार्टी भित्र भैरहेको कुरा व्यक्त गर्नुभयो । प्रजातन्त्रमा सबैको आवाज समावेश हुने हुँदा प्रजातन्त्र समाजवाद उत्तम व्यवस्था हो भने सबैलाई बोलबद्ध लाग्न अनुरोध गर्नुहुन्थ्याे । उहाँका चार छोरा र एक छोरी छन् ।नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला ले प्रजातन्त्रका सेनानि चन्द्रकान्त न्याैपानेका छोरा बुद्धिकान्त न्यौपाने लाई स्वर्गीय चन्द्रकान्त न्यौपानेको बाटोमा लाग्न आग्रह गर्नु भएकाे थियाे । बुद्धिकान्त न्यौपाने हालमहानगरपालिकाको नगर उपसभापति हुनुहुन्छ। अरु तीन भाइ नेपाली कांग्रेस पार्टीमा सक्रिय भूमिकामा हुनुहुन्छ।
