गृहमन्त्री सुदन गुरुङले सुरक्षा अधिकारीहरूसँग पाँच घण्टा छलफल राजिनामा गर्लान् त?

Spread the love

काठमाडौँ — गृहमन्त्री सुदन गुरुङले उच्च सुरक्षा अधिकारीहरूसँग करिब पाँच घण्टा लामो छलफल गरेका छन्।

साँझ ६ बजेदेखि सुरु भएको बैठक राति करिब ११ बजेसम्म चलेको स्रोतले जनाएको छ।

छलफलमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारीलगायत सहभागी थिए।

बैठक कुन विषयमा केन्द्रित थियो भन्ने औपचारिक रूपमा खुलाइएको छैन।

मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ‘ठूला माछा समात्न लागिएको’ भन्ने चर्चाबारे प्रश्न गर्दा गृहमन्त्री गुरुङले ‘पछि भनौँला’ भन्दै प्रतिक्रिया टारेका थिए।

यसैबीच छलफल चलिरहँदा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी पनि गृह मन्त्रालय पुगेका थिए।

उनले गृहमन्त्री व्यस्त भएकाले आफूले भेट नगरेको र प्रशासनका कर्मचारीसँग मात्रै कुराकानी गरेर फर्किएको बताएका छन्।