गृहमन्त्री सुदन गुरुङकाे राजीनामा भारतीय सञ्चारमाध्यममा व्यापक चर्चा

Spread the love

भारतका आजतक, एबीपी न्यूज, एनडीटीभी लगायतका प्रमुख अनलाइन तथा टेलिभिजन माध्यमहरूले यस घटनालाई फरक–फरक कोणबाट प्रस्तुत गरेका छन्।

एबीपी न्यूजले गुरुङको राजीनामालाई आर्थिक सम्पत्तिसम्बन्धी विवादसँग जोड्दै नेपालको आन्तरिक सुरक्षाको नेतृत्व गरिरहेका मन्त्री विवादमा परेर बाहिरिएको उल्लेख गरेको छ।

एनडीटीभीले यसलाई ‘मेजर कन्ट्रोभर्सी’ भन्दै सरकारभित्रको आन्तरिक संकट र राजनीतिक अस्थिरतासँग सम्बन्धित गरेको छ।

आजतकले छोटो अपडेटमार्फत यस घटनालाई बालेन्द्र शाह नेतृत्वको सरकारभित्रको बढ्दो तनावको संकेतका रूपमा व्याख्या गरेको छ।

वनइन्डिया हिन्दी र देशबन्धु अनलाइनले पनि राजीनामालाई ‘पोलिटिकल क्राइसिस’ र सरकारभित्रको असन्तुलनसँग जोडेका छन्।

इन्डिया टिभीले गुरुङमाथि उठेका वित्तीय विवाद र नैतिक जिम्मेवारीलाई मुख्य कारणका रूपमा प्रस्तुत गरेको छ भने द हिन्दूले यसलाई सार्वजनिक पदमा पारदर्शिता कायम गर्ने कदमका रूपमा व्याख्या गरेको छ।

एएनआईमार्फत् प्रकाशित समाचारहरूमा गुरुङले शेयर लगानी र विवादित व्यवसायीसँग सम्बन्धबारे उठेका प्रश्नलाई गम्भीर रूपमा लिएर राजीनामा दिएको उल्लेख गरिएको छ।

समग्रमा भारतीय मिडियाले यस घटनालाई तीन प्रमुख कोणबाट विश्लेषण गरेका छन्—आर्थिक विवाद, सरकारभित्रको राजनीतिक संकट र प्रधानमन्त्री बालेन शाह नेतृत्वको स्थायित्वमाथि प्रश्न।