लोकतान्त्रीक अपाङ्ग संघको जिल्ला भेला सम्पन्न

Spread the love

दिगन्तराज पन्त

राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघको चितवन जिल्ला भेला तथा  प्रथमअधिवेसन यमनाथ सुबेदिको सभापतित्वमा सि यम टि रिसोर्ट हाकिम चोकमा सम्पन्न भएको छ ।नेपाली काङ्रेसका केन्द्रिय सदस्य अपाङ्गता व्यक्ति र समुदाय समन्वय तथा उत्प्रेरणा विभागका प्रमुख मदन कृष्ण श्रेष्ठ प्रमुख अतिथि,नेपाली काङ्रेसका  चितवनका सभापति राजेश्वर खनाल,उपसभापति शालिग्राम शर्मा पौडेल, रास्ट्रीय लोकतान्त्रीक अपाङ्ग संघ  केन्द्रिय समितिकाअध्यक्ष  प्रकाश पन्त ,केन्द्रिय सदस्य निर्मल कुमार श्रेस्ठ विशेष अतिथि रहनुभएको उक्त कार्यक्रमको सन्चालन  विश्व दर्शन ढुंगानाले गर्नु भएको थियो।कार्यक्रममा अतिथिहरुले कार्यक्रमको सफलताको साथै अधिबेसनको सफलताको कामना गर्दै आफ्ना  मन्तब्य राख्नु भएको थियो ।केन्द्रिय प्रतिनिधि अस्विन लम्सालको उपस्थिती रहेको कार्यक्रममा सीता सापकोटाले दोभासेको भुमिका निर्बाह गरि फरक क्षमता भएका सुन्न नसक्नेहरुलाइ साङ्केतिक भाषामा प्रस्ट पार्नु भएको थियो ।

आज पहिलो सत्रको समापन भइ अधिबेसनको प्रकृया शुरु भए पनि बिबिध कारणले समय अभाव भै स्थगित भएको जिल्ला प्रतिनिधि शारदा पौडेलले जानकारी गाराउनु भयाे ।