आजको भूकम्प ५.९ रेक्टर स्केलमा

Spread the love



आज मिति २०७९ साल कार्तिक ०२ गतेका दिन दिउँसो ०३ बजेर ०८ मिनेट जादा ५.९ रेक्टर स्केलको भूकम्प गएको कुरा राश्ट्रीयभूकम्प मापन केन्द्र काठमाडौबाट मापन गरिएको कुरा केन्द्रका कर्मचारी शिला भट्टराई मार्फत जानकारीमा आएको हो ।
यो भूकम्पको केन्द्र बिन्दु सिन्धुपाल्चोक र तिब्बतको कोराइ वरिपरि रहेर गएको थियो । स्थानीय समय अनुसार चितवनको भरतपुर वडा नम्बर ५ तोरीखेत समेतमा महसुस भई चिरफार खबर पत्रीकाका सम्बादाता पूर्ण चन्द्र चापागाईंले काठमाडौको भूकम्प मापन केन्द्रमा सम्पर्क गरि जानकारी लिनुभएको हो । २०७२ सालको बिनासकारी भूकम्प पश्चात् पटकपटक पराकम्पहरू गइरहेका छन ।