राप्ती नगरपालिका बाट जनताका लागी महत्त्वपुर्ण निर्णय

Spread the love

राप्ती नगरपालिकामा आज बसेको भण्डारा अस्पतालको बैठकले वडा नम्बर १०, ११, १२ र १३ का सबै जनताहरुलाई र राप्तीका सबै विपन्न वर्गलाई एम्बुलेन्स भाडा निशुल्क गर्ने,
अर्बुद रोग, मृर्गौला पिडित, विपदमा एम्बुलेन्स भाडा निशुल्क गराउने,
राप्तीका जनताले भण्डारा अस्पतालमा जन्मदिनका दिन निशुल्क स्वास्थ्य परिक्षण गर्न पाउने,
नया एम्बुलेन्स थप गर्ने,
९८ थरिका औषधी निशुल्क गराउने र अन्य औषधी खरिद गर्नु पर्नेमा ५०% सहुलियत गराउने लगाएतका विविध विषयमाथी छलफल गरि निर्णय गरिएको राप्ती नगरपालिकाका मेयर शमशेर लामाले जानाकारि गराउनु भयाे । जनतालाई सेवा गर्नु नै जनप्रतिनिधिकाे पहिलाे कर्तब्य भएकाे ढिला सुस्ति तथा अनियमियता जरै देखि उखल्ने साथै जनतामा स्थानिय सरकारकाे प्रत्याभुति दिनेकुरामा कहिले पनि कन्जुस्याइँ नगर्ने समेत जानकारी गराउनुभयो। जनताकाे सेवा गर्छु भनेर भोट खाएर आएपछि हामी जनताकाे सेवामा सधैं निकट रहनुपर्छ सुकुम्बासिलाई दिर्घकालिन आवास , गरिव विपन्न लाई छात्रवास, किसान पशुपालन विशेष कार्यक्रम दिनुपर्ने तथा सोही अन्तरगत जनतालाई सेवा दिई रहेकाे साथै स्थानिय जनता हर्षित रहेको यस नगरपालिका प्रमुख शमशेर लामा तथा उपप्रमुख देवेन्द्र लामा बताउनुहुन्छ।