निर्वाचन आयोगद्वारा राजनैतिक दल तथा उमेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुदे निर्देशन

Spread the love


निर्वाचन आयोगको मिति २०७९ कार्तिक ०२ गते आयोग का उपसचिब एवं सहायक प्रबक्ता ऋषिराम भुसालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ कि लाभको पदम रहेका कतिपय राजनितिक ब्याक्तित्वहरूबाट निर्वाचन प्रचारप्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरि निर्वाचन प्रचारप्रसार गर्ने, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरू सहित पच्चीस जना भन्दा बढी सङ्ख्यामा हिड्ने, राजनीतिक दलहरूले जूलूस, आमसभा, कोणसभा भेला गर्ने समेतका गतिविधि भएको सूचना विभिन्न माध्यमबाट आयोगलाई प्राप्त भएकोले निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निश्पक्ष ढङ्गले सम्पादन गर्नको लागि आयोगद्वारा सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुदे निर्देशन दिएको कुरा उल्लेख छ ।
नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उमेदवार रहेकोे बाहेक अरु कुनै क्षेत्रमा निर्वाचन आयोगको अनुमति नलिई प्रचारप्रसार गर्न नपाउने, अनुमति लिएर प्रचारप्रसारमा लागेको भए पनि कानुनको दायरा तथा आयोगको निर्देशन भित्र रही प्रचारप्रसारमा लाग्नु पर्ने ।
निर्वाचन आचारसंहिता २०७९ को दफा ५ बमोजिम स्थानीय पालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचारप्रसार नगर्ने तथा सोही नियमको प्रतिबन्धात्मक वाक्यांशको खण्ड (४) बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचारप्रसारमा जादा आउदा समेत सरकारी स्रोत साधन र जनशक्तिको प्रयोग नगर्ने । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा मतदान हुँने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा संचार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन प्रसारण गर्न पाइने भएकोले सो अबधी (२०७९ साल कार्तिक १७) गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा संचार माध्यमबाट कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न नहुने । निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रतावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस र बाजागाजा झाकी समेत जान नहुने । निर्वाचन आचारसंहिता २०७९ को दफा १३ बमोजिम निर्वाचन प्रयोजनका लागि अनुमानि लिएका साधन स्रोत बाहेक अरुमा पार्टी तथ निर्वाचन प्रयोजनको लागि प्रगोग गर्न नपाउने । सोही दफामा ब्यबस्था भए बमोजिम निजी घरजग्गा वा सार्वजनिक भवन, सार्बजनिक उद्दान, सार्बजनिक सडकको पोल वा कुनै पनि सार्बजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न वा टास्न नहुने र आफूले वा अरु कसैले गरेको भए पनि सम्बन्धित पार्टी वा उम्मेदवारले स्यद्तो प्रचारप्रसार सामग्री राख्न नदिने । उल्लेखित आचारसंहिता पालना नगरे वा नगराएको खण्डमा नियम अनुसार हुनेछ भनी निर्वाचन आयोगले चेतावनी सहितको बिज्ञप्ति निकालेको छ ।
सम्पूर्ण पार्टी तथा उम्मेदवारहरूले नियम कानुनभित्र रही आ आफ्नो पार्टी तथा उम्मेदवारको प्रचारप्रसार गर्नु पर्ने देखिन्छ । जो जसले जिति पनि अन्त्यमा हामी सबैको प्रतिनिधि नै हुनुहुनेछ भन्ने सोच सहित सबैले काम गरेमा मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र तथा निश्पक्ष हुन सक्छ यो सबै नागरिकको बराबर जिम्मेवारी हो भने त्यसको पालना गराउने दायित्व नेपाल् सरकार, प्रदेश सरकार, स्थानीय सरकारको साथै सप्पन्न संघ सस्था र जिम्मेवारी बहन गर्नु पर्ने दायित्व लिएका निकाय वा ब्यक्तिले आ आफ्नो कर्तव्य पूरा गर्न सकेमा मात्र निर्वाचन जनताले सोछे जस्तो र जनताको हितमा जान सक्नेछ ।