विशाल मशाल जुलुस भगवान रामको अपमान बिरूद्द धार्मिक स्वतन्त्रताको माग गर्दै सडक प्रदर्शन
गाइबान्धाको पोलाशबारीस्थित सनातन कम्प्लेक्समा भगवान् रामको मूर्ति निर्माण कार्य रोकिएपछि उत्पन्न विवादले हिन्दु समुदायमा व्यापक आक्रोश पैदा गरेको हो।शाहबाग इन्टरसेक्सनबाट सुरु भएको जुलुस शाहबाग स्क्वायर, मत्स्य भवन हुँदै राष्ट्रिय प्रेस क्लबसम्म पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “जय श्री राम” लगायतका नाराहरू लगाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका थिए।
प्रदर्शनकारीहरूले धार्मिक स्थल र परियोजनामा कुनै पनि अवरोध नआओस् भन्दै सरकारसँग सुरक्षा र धार्मिक अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्।यो प्रदर्शनलाई बंगलादेशमा धार्मिक स्वतन्त्रता र अल्पसंख्यक समुदायको अधिकारसँग जोडिएको पछिल्लो ठूलो आन्दोलनका रूपमा हेरिएको छ।
