समाचार

पानीकाे उच्च बहाव कोशी ब्यारेजकाे २३ वटा ढोका खुल्ला

Spread the love

सबिना प्रजा

लगातारको वर्षाका कारण कोशी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ। ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ। बिहीबार साँझ ५ः१५ बजे गरिएको मापनअनुसार ब्यारेजमा पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
पानीको बहाव उच्च भएपछि ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको तथा रातो झण्डा फहराइएको छ। नदीको बहाव अझै बढ्न सक्ने भएकाले कोशी आसपासका तटीय तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

जल तथा मौसमसम्बन्धी पूर्वानुमानअनुसार आगामी दिनमा पनि कोशीसहित प्रमुख नदीहरूमा जलस्तर बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुख्य ५२ र नहरतर्फका ४ गरी कुल ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएको जनाइएको छ।