समाचार

देउवा समूहले समानान्तर महाधिवेशनका लागि ७६ जिल्लामा प्रतिनिधि तोक्यो

Spread the love

टिकाराम भन्डारि

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र बनाउँदै ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्दै समानान्तर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।

समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको जनाएको छ। आयोजक समिति संयोजक डा. कोइरालाले हस्ताक्षर गरी ७७ जिल्लामध्ये ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएका छन्। रुकुम पश्चिममा भने हालसम्म प्रतिनिधि तोकिएको छैन।

बागमती प्रदेशअन्तर्गत चितवनमा कञ्चनचन्द्र वादे, धादिङमा धर्मराज अर्याल, नुवाकोटमा ध्रुव अधिकारी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा शिवप्रसाद हुमागाईं, मकवानपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा दयामान कर्माचार्य, ललितपुरमा मदनबहादुर अमात्य र काठमाडौंमा कल्याणी रिजाललाई प्रतिनिधि तोकिएको छ।

कोशी प्रदेशमा ताप्लेजुङमा प्रताप प्रकाश हङ्गाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार, झापामा कृष्ण हुमागाईं, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडालगायतलाई जिम्मेवारी दिइएको छ।

मधेस प्रदेशका आठै जिल्लामा पनि प्रतिनिधि तोकिएको समूहले जनाएको छ। सप्तरीमा मञ्जु यादव, सिरहामा सन्तोष चौधरी, धनुषामा हरेश प्रसाद महतो, महोत्तरीमा उषा राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो. मोख्तार अहमद, बारामा रमेशकुमार निरौला र पर्सामा सुरेन्द्र न्यौपानेलाई प्रतिनिधि बनाइएको छ।

त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पनि प्रतिनिधि खटाइएको छ। कर्णालीमा रुकुम पश्चिमबाहेक सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेतमा प्रतिनिधि तोकिएको छ।

सुदूरपश्चिममा बाजुरामा हर्कजंगबहादुर सिंह, बझाङमा सिताराम जोशी, डोटीमा अर्जुन तामाकार, अछाममा कवीराज पण्डित, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चित्तामणि भट्ट, डडेलधुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशीलाई प्रतिनिधि तोकिएको छ।

देउवा समूहको यो निर्णयले कांग्रेसभित्रको आन्तरिक विवाद थप औपचारिक रूपमा समानान्तर संगठनात्मक गतिविधितर्फ अघि बढेको संकेत गरेको छ। अब तोकिएका प्रतिनिधिमार्फत वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिएको