हरिपरिवर्तिनी एकादशी आज, भगवान् विष्णुको पूजा–आराधना गरिँदै
सुरेस कुमार थपलिया
आज असोज ६ गते मंगलबार हरिपरिवर्तिनी एकादशी मनाइँदैछ। भाद्र शुक्ल पक्षको एकादशीलाई हरिपरिवर्तिनी एकादशी, परिवर्तिनी एकादशी तथा वामन एकादशीका नामले समेत चिनिन्छ।
धार्मिक मान्यताअनुसार चातुर्मास अवधिमा भगवान् विष्णुले आफ्नो पार्श्व परिवर्तन गर्ने भएकाले यस एकादशीलाई विशेष महत्वका साथ लिइन्छ। आज श्रद्धालु भक्तजनले व्रत बसी भगवान् विष्णुको पूजा–आराधना, तुलसी अर्पण, जप तथा ध्यान गर्ने परम्परा रहेको छ।
एकादशीको व्रतले मन, वचन र कर्मलाई संयमित बनाउँदै धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने धार्मिक विश्वास छ। नेपालमा आज बिहानदेखि विभिन्न विष्णु मन्दिर तथा धार्मिकस्थलमा भक्तजनको चहलपहल देखिएको छ।
पञ्चाङ्गअनुसार आज एकादशी तिथि साँझ करिब ७ः५७ बजेसम्म रहने र त्यसपछि द्वादशी सुरु हुने उल्लेख छ।
