कहाँ बसेको भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध -गृहमन्त्री
सबिना प्रजा
पछिल्लो समय गृहमन्त्रि कार्यशैलीलाई लिएर भइरहेको आलोचनाबारे गृहमन्त्री सुदान गुरुङले प्रतिक्रिया दिएका छन्। पुरानो शैलीमा नेतृत्वलाई मूल्यांकन गर्ने हो भने आफूहरू ‘गलत युगमा’ भएको बताएका छन्। पछिल्लो समय आफ्नो कार्यशैलीलाई लिएर भइरहेको आलोचनाबारे गृहमन्त्री सुदान गुरुङले प्रतिक्रिया दिएका छन्।उनले मन्त्रालयको कुर्सीमा बसेर कागजात समातेर काम गर्ने पुरानो शैलीभन्दा डिजिटल माध्यमबाट काम छिटो र प्रभावकारी रूपमा भइरहेको दाबी गरेका छन्।
विपद् प्रतिकार्य कमाण्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको छ। उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा अनलाइनबाट हरेक चार घण्टामा कमाण्ड सञ्चालन र रणनीतिक बैठकहरू भइरहेको उनले बताएका छन्।गुरुङले आफूहरूले विगतदेखि नै फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएको दाबी गरेका छन्।उनले भनेका छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु।’गृहमन्त्री गुरुङले आफूले पुरानो प्रणालीबाटै राम्रो परिणामको अपेक्षा गर्ने केही व्यक्तिहरू देख्दा अचम्म लागेको समेत बताएका छन्।
