समाचार

आवश्यक नियमावली मापदण्ड अनुमतिपत्रको व्यवस्था अझै आवश्यक

Spread the love

आफ्नो धारणा सार्वजनिक गर्दै आसिका तामाङले गण्डकी प्रदेशले जस्तै बागमतीले पनि आवश्यक कानुन बनाएर अनुमति र नियमनसहित गाँजा खेतीको बाटो खोल्नुपर्ने बताएकी हुन्।गण्डकीपछि बागमतीमा पनि गाँजा खेतीको बहस, सांसद आशिका तामाङले उठाइन् यस्तो माग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था बनाउन बागमती प्रदेश सरकारसँग आग्रह गरेकी छन्।

उनका अनुसार यस्तो व्यवस्था लागू गर्न सके धादिङका किसानको आम्दानी बढाउन, रोजगारी सिर्जना गर्न र स्थानीय अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्न सक्छ।

गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन गर्ने ऐन प्रमाणीकरण भइसकेको छ। तर, खेती सञ्चालनका लागि आवश्यक नियमावली, मापदण्ड र अनुमतिपत्रको व्यवस्था अझै आवश्यक छ।