राहत तथा उद्धार कार्यमा खटिएका स्वयंसेवक र सम्बन्धित पक्षसँग जानकारी लिने

Spread the love

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको अवस्था, भइरहेको उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिन ओलीसहितको टोली गल्छी पुगेको एमालेले जनाएको छ।नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न गल्छी पुगेका छन्।ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेतलगायत पार्टीका नेताहरू पनि प्रभावित क्षेत्रको निरीक्षणका लागि गल्छी पुगेका हुन्।

एमाले प्रचार–प्रसार विभाग प्रमुख निरज आचार्यका अनुसार बाढी प्रभावित क्षेत्रमा पार्टीसम्बद्ध विभिन्न संगठनका स्वयंसेवकहरू उद्धार, राहत तथा सहयोगका काममा परिचालित छन्।उनका अनुसार जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी संगठन तथा रिटर्नी फेडेरेसन लगायतका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा खटिएका छन्।स्वयंसेवकहरूले प्रभावित नागरिकलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने, उद्धार कार्यमा सहयोग गर्ने तथा विपद्बाट प्रभावित क्षेत्रमा आवश्यक मानवीय सहायता पुर्‍याउने काम गरिरहेको एमालेले जनाएको छ।ओलीको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धार कार्यमा खटिएका स्वयंसेवक र सम्बन्धित पक्षसँग जानकारी लिने बताइएको छ।