सुख दुःख संकटको घडीमा भारत नेपाली नागरिकसँग काँधमा काँध मिलाएर अघि बढ्ने

Spread the love

भारतका रक्षामन्त्री ले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपालमा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति भारतले गहिरो दुःख व्यक्त गर्दै खोज, उद्धार तथा पुनःस्थापनाका प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।उनले दूतावासको शोक पुस्तिकामा हस्ताक्षर गर्दै मृतकप्रति समवेदना प्रकट गरेका हुन्।राजनाथ सिंहले भारत सरकार र भारतीय जनताका तर्फबाट नेपालका नागरिक तथा सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले सन् २०२६ अगस्ट २६ मा आएको आकस्मिक बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यस विपत्तिमा नेपाली नागरिकसँगै भारतीयसहित विभिन्न देशका नागरिक पनि प्रभावित भएको बताएका छन्।बाढीमा ज्यान गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।राजनाथ सिंहले भारत र नेपालबीचको सम्बन्धलाई ‘सुख–दुःखका साथी’को रूपमा उल्लेख गर्दै संकटको यस घडीमा भारत नेपाली नागरिकसँग काँधमा काँध मिलाएर उभिएको बताएका छन्।उनका अनुसार भारत नेपालमा भइरहेको खोज, उद्धार र पुनःस्थापनाका प्रयासमा सहयोग गर्न प्रतिबद्ध छ।नेपालमा आएको बाढीपछि भारतसहित विभिन्न मित्रराष्ट्रले राहत तथा उद्धार कार्यमा सहयोग गरिरहेका छन्। विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटिरहेको छ।