लेवनानकाे उत्तरी क्षेत्रमा आक्रमण सात जनाको मृत्यु तीन जना घाइते

Spread the love

लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा शान्ति रूपरेखामा सहमति भएको केही समयमै भएको यस आ’क्र’मणले दक्षिणी लेबनानको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको संकेत गरेको छ। सम्झौतामा इजरायली सेना दक्षिणी लेबनानबाट हट्ने प्रक्रिया हिजबुल्लाहको निःशस्त्रीकरण र लेबनानी सेनाको नियन्त्रणसँग जोडिएको छ।इजरायली सेनाले दक्षिणी लेबनानमा गरेको हवाई आ’क्र’मणमा कम्तीमा सात जनाको ज्या’न गएको छ। शनिबार बिहान अन्सार गाउँमा एउटा घरमाथि भएको आ’क्र’मणमा तीन जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार संस्था एनएनएले जनाएको छ।

इजरायली सेनाले आफ्ना सैनिकविरुद्ध भएका गतिविधिको जवाफमा दक्षिणी क्षेत्रमा रहेको हिजबुल्लाहको पूर्वाधारमाथि आ’क्र’मण गरिएको दाबी गरेको छ। हिजबुल्लाह प्रमुख नइम कासिमले भने सम्झौताको विरोध गर्दै यसलाई इजरायली सर्तमा गरिएको सहमतिका रूपमा चित्रित गरेका छन्।इजरायलले उत्तरी क्षेत्रमा थप आ’क्र’मण रोक्न दक्षिणी लेबनानमा सेना राखिरहने बताउँदै आएको छ। पछिल्लो चरणको द्वन्द्वमा मार्च २ यता लेबनानमा ४ हजार ३ सयभन्दा बढी मानिसको मृ’त्यु भइसकेको छ।