नवनिर्मित भवन उदघाटन कार्यक्रम सम्पन्न
गते जिल्ला प्रहरी कार्यालय चितवन मातहत प्रहरी चौकी बछौलीको नव निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त भवनको बागमती प्रदेश सरकारका माननिय आन्तरिक मामिला तथा कानुन मन्त्री श्री सुरज चन्द्र लामिछाने बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा ले संयुक्त रुपमा शिलालेख अनावरण तथा रिवन काटी उद्घाटन गर्नु भएको हाे । उक्त कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभाका सदस्य श्री कृष्ण प्रसाद खनाल रत्ननगर टाँडी नगरपालिका उप-मेयर यादव प्रसाद पाठक ,प्रमुख जिल्ला अधिकारी श्रीमान प्रकाश पौडेल नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक भुपेन्द्र खत्री जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्र जिल्ला स्थित सुरक्षा निकायका प्रमुख वडाध्यक्ष ज्यूहरु विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी अन्दाजी २०० जनाको सहभागितामा रहेको उक्त नव निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बतानु भयाे
