वृद्ध बृद्दाहरुलाई सम्मान

Spread the love

भरतपुर महानगरपालिका वार्ड नम्बर २ द्वारा वडा भित्र बसोबास गर्ने असि वर्ष माथिका १५० जना वृद्ध बृद्दाहरुलाई सम्मान स्वरूप स्वास्थ परिक्षण, रोग अनुसारको औषधि वितरण , न्यानो कपडा वितरण सहित भोजन गराई विदाई गरिएको छ ।सोहि कार्यक्रममा वडा सदस्य बलराम सिटौलाले स्वागत मन्तव्य राख्नुका साथै असि वर्ष नाघिसक्नु भएका वृद्ध बुवा आमा हरुलाई सम्मान गर्न पाउदा खुशी लागेको बताउनु भयो ।वडा सदस्य बेलपत्र श्रेष्ठ, परशुराम पौडेल, उर्वशी तोलाङ्ग गोतामे , वडा सचिव सिता लम्सालले वृद्ध आमा बुवाको सम्मान गर्न पाउनु नै सबै भन्दा गर्वको कुरा रहेको बताउनु भयो ।सम्मान कार्यक्रममा आफ्ना मन्तव्य राख्नुहुदै वडा अध्यक्ष मनोज रानाभाटले वृद्ध बुवा आमाहरुलाई सम्बोधन सहित वहाहरुले दिएको आशिर्वादले नै आज आफु यो स्थानसम्म आइपुगेको र आगामी दिनमा पनि वहाहरुले देखाएको मार्गदर्सन अनुरुप नै अगाडी बढ्दै जाने प्रतिवद्दता समेत गर्नु भयो । आगामी दिनमा वृद्ध बुवा आमाहरु अस्पताल सम्म जान नसकेर उपचारबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले हरेक बुवा आमाको घर घरमा पुगी उपचार गर्ने वातावरण मिलाउने बताउनुभयो। सम्मानित हुनुभएका आमा बुवाहरुले वडा अध्यक्ष लगाएत सम्पूर्ण वडा टिम लाइ हृदयदेखि नै धन्यवाद दिनुभएको थियो।