सुख्खा पहिरो खसि बाटो दुई तर्फी अवरोध
. जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा पृथ्वीराजमार्ग स्थितमा सडकमा १०-४५ बजे माथिबाट रूख सहितको सुख्खा पहिरो खसि, बाटो दुई तर्फी अवरोध भएकोले बाटो खुलाउन कमतिमा ६/७ घण्टा समय लागने भएकोले यात्रुहरुको सुरक्षालाई ध्यानमा राखी नारायणघाटबाट काठमाण्डौ जाने र आउने सबै किसीमका सवारी साधनहरु अर्को सूचना प्रकाशीत नभएसम्मको लागि बाटो पूर्णरुपमा बन्द रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।साथै पहिरो पन्छाउन सडक विभागसँग समेत समन्वय भईरहेको छ । जिल्ला प्रहरी कार्यलयका चितवनका सुचना अधिकारिले बताउनु भयाे ।

य


