​राज्य र समाजका लागि गम्भीर चिन्ता बर्दी बिसाएर मकाउको उडान राष्ट्रसेवाभन्दा परिवारको भविष्य भारी

Spread the love

देशको सेवा गर्ने कसम खाएर लगाएको बर्दी फुकाल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा उनले सामाजिक सञ्जालमार्फत आफ्नो मनको गहिरो पीडा पोखेका छन्। ​नेपाल प्रहरीमा ५ वर्ष ९ महिना १३ दिन निष्ठापूर्वक राष्ट्रसेवा गरेका प्रहरी जवान गोविन्द साउद अन्ततः आफ्ना अधुरा सपना र परिवारको सुरक्षित भविष्यका निम्ति वैदेशिक रोजगारीको बाटो रोज्दै मकाउ उडेका छन्।

सरकारी जागिर र बर्दीसँग जोडिएको अनुशासन, गर्व र सम्मान त्यागेर विदेशिनु बाहिरबाट जति सहज देखिन्छ, भित्रबाट त्योभन्दा कयौँ गुणा पीडादायी हुन्छ भन्ने उनले बताएकाे छ देश र जनताको सुरक्षामा अहोरात्र खटिने सिपाहीले आफ्नै मातृभूमिमा सुरक्षित भविष्य नदेखेर पहिचान नै त्याग्न बाध्य हुनु राज्य र समाज दुवैका लागि गम्भीर चिन्ताको विषय हो।राष्ट्रसेवक कर्मचारीले आफ्ना आधारभूत आवश्यकता र पारिवारिक दायित्व पूरा गर्न नसकेर पराइ भूमिमा पसिना बगाउन जानुपर्ने बाध्यता आफैँमा विडम्बनापूर्ण छ।अब नदोहोरियोस् यस्तो विडम्बनाअहोरात्र खटिने सिपाहीहरू यसरी निराश भएर देश छाड्न बाध्य हुने अवस्थाले समग्र राष्ट्रसेवकहरूको मनोबलमा समेत गम्भीर असर पुर्याउँछ।अबका दिनमा कुनै पनि राष्ट्रसेवकले आफ्ना सपना र परिवारको भविष्य सुनिश्चित गर्नका लागि आँखाभरि आँसु र मनभरि पीडा बोकेर बर्दी बिसाउनु पर्ने दिन कहिल्यै नदोहोरियोस् भन्नेतर्फ राज्यले बेलैमा ध्यान दिन आवश्यक देखिन्छ।