दुई समूह बीच झगडा कुटपिट गर्ने एक जना प्रकाउ
चितवन भरतपुर मरतपुर महानगरपालिका ३ लायन्सचोक स्थित रहेको फायर क्लबमा झै-झगडा तथा कुटपिट भएको छ भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणघाटबाट प्रहरी टाेलिले घाइते लाई तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको दुई समूह बीच झैझगडा गर्ने मध्ये कुटपिट गर्ने एक जना जिल्ला चितवन भरतपुर भरतपुर महानगरपालिका ४ बस्ने वर्ष ३२ को हिमाल रसाइली लाई नियन्त्रणमा लिई फरारहरुको खोजि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारले बताउनु भयाे । घाईते र फरार अभियुत्तकाे अध्ययन भईरहेकाे बताएकाे छ ।
१) जिल्ला नवलपुर बौदिकालि गाँउपालिका १ बस्ने वर्ष १७ को मदन क्षेत्री टाउको र तिख्रामा चोट अवस्था मध्यम
२)जिल्ला.चितवन भरतपुर म.न.पा. १७ बस्ने वर्ष २६ को रोहन तामाङ बायाँ कोखामा चोट अवस्था मध्यम ।
३)जिल्ला.चितवन कालिका न.पा. ९ बस्ने वर्ष २३ को बिशाल मगर अवस्था सामान्य ।
४)जिल्ला कपिलवस्तु तौलिहवा न.पा.१ बस्ने वर्ष ३५ को मो सरपराज बायाँ पाखुरामा चोट अवस्था सामान्य भएकाेजिल्ला प्रहरी कार्यलय चितवनकाे सुचना अधिकारिले बताउनु भयाे ।
