अनुसन्धान रहेका व्यक्तिबारे सिंहदरबारभित्रै फैसला गर्ने काम पनि उचित नभएको भनाई
अनुसन्धान पूरा नहुँदै कसैलाई निर्दोष वा दोषी घोषणा नगर्नुपर्ने भए पनि उजुरी परेपछि निष्पक्ष छानबिन र आवश्यक कारबाही अघि बढाउनुपर्ने बताएका छन्।रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि लागेको भ्रष्टाचारको आरोपबारे गृहमन्त्री सुदन गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
गृहमन्त्री गुरुङले प्रमाणित नभएसम्म आईजीपी कार्कीलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका थिए। त्यसको जवाफमा सुनारले सामाजिक सञ्जालमार्फत आरोपितलाई संरक्षण नगर्न चेतावनी दिएका हुन्।सुनारले सार्वजनिक लेखा समितिले १५ दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै अनुसन्धान प्रक्रियामै रहेका व्यक्तिबारे सिंहदरबारभित्रै फैसला गर्ने काम पनि उचित नभएको बताएका छन्। उनले आफूले प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी उजुरीमाथि प्रश्न उठाएको भन्दै छानबिन निष्पक्ष रूपमा हुनुपर्नेमा जोड दिएका छन्।
