प्रेस स्वतन्त्रता खतरामा आन्दोलन र विरोध महासंघको डबल रोलका रूपमा प्रश्न

Spread the love

पत्रकार नवीन ढुंगाना र युवराज कँडेल समाचार लेखेकै कारण पक्राउ परी सात दिन थुनामा रहँदा पत्रकार महासंघ मौन बसेको, तर किशोर श्रेष्ठ पक्राउ परेपछि भने महासंघसहित विभिन्न संगठन सडकमा उत्रिएको भन्दै महासंघको भूमिकामा दोहोरो मापदण्ड देखिएको टिप्पणी गरेका छन्। शक्तिशाली साहुजीका लागि मात्रै प्रेस स्वतन्त्रता?’ पत्रकार रितु विचारले उठाए महासंघमाथि गम्भीर पत्रकार रितु बिचार ले नेपाल पत्रकार महासंघको भूमिकामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्।

रितु विचारले आफ्नो टिप्पणीमा पत्रकार पक्राउ पर्नु कुनै पनि अवस्थामा उचित नभएको बताएका छन्। तर पत्रकारिताको आवरणमा कसैको निजी जीवन, सामाजिक प्रतिष्ठा र चरित्रमा गम्भीर क्षति पुर्‍याउने कामलाई पनि प्रेस स्वतन्त्रताको नाममा संरक्षण गर्न नहुने उनको धारणा छ।उनले ‘डार्क फाइल’ सम्बन्धी विषयमा नवीन ढुंगाना र युवराज कँडेल थुनिँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरूबाट अपेक्षित आवाज नउठेको दाबी गरेका छन्।

तर अहिले किशोर श्रेष्ठ पक्राउ परेपछि भने प्रेस स्वतन्त्रता खतरामा परेको भन्दै आन्दोलन र विरोध भइरहेको भन्दै उनले यसलाई महासंघको ‘डबल रोल’का रूपमा प्रश्न गरेका छन्।रितु विचारले किशोर श्रेष्ठलाई लिएर पत्रकारिताको जिम्मेवारी र व्यक्तिगत गोपनीयताको सीमाबारे पनि प्रश्न उठाएका छन्।उनको तर्कमा, कुनै पनि पत्रकारलाई समाचार लेखेकै कारण थुनिनु हुँदैन। तर पत्रकारिताको नाममा अर्को व्यक्तिको सामाजिक जीवन नै ध्वस्त पार्ने छुट पनि कसैलाई हुनुहुँदैन।

उनले विशेषगरी महिलासम्बन्धी सामग्री प्रकाशन गर्दा व्यक्तिगत मर्यादा र चरित्रमा असर पार्ने शैली प्रयोग भएको भन्दै त्यसबारे पनि पत्रकारिताभित्र बहस हुनुपर्ने बताएका छन्।रितु विचारले पत्रकार महासंघको मुख्य दायित्व सबै पत्रकारको हकहित, पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षण गर्नु रहेको स्मरण गराउँदै शक्तिशाली सञ्चार व्यवसायी वा प्रभावशाली पत्रकारका पक्षमा मात्रै आवाज उठाएको देखिन नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्—‘पत्रकार महासंघ भनेको पत्रकारहरूको हकहित र पेशागत सुरक्षाका लागि आवाज उठाउने हो कि शक्तिशाली साहुजीहरूको बचाउ गर्ने मोहरा मात्रै हो?’

नवीन ढुंगाना र युवराज कँडेलको घटनामा महासंघको मौनता र किशोर श्रेष्ठको घटनामा देखिएको सक्रियताबीच तुलना गर्दै उनले महासंघ नेतृत्वले आफ्नो भूमिकाबारे स्पष्ट पार्नुपर्ने माग गरेका छन्।रितु विचारले पत्रकार महासंघको विधान, उद्देश्य र पेशागत मर्यादाअनुसार सबै पत्रकारप्रति समान व्यवहार गर्नुपर्ने बताएका छन्।उनको सामाजिक सञ्जाल टिप्पणीले अहिले प्रेस स्वतन्त्रता, पत्रकारिताको जिम्मेवारी, व्यक्तिगत गोपनीयता र पत्रकार महासंघको भूमिकाबारे नयाँ बहस सिर्जना गरेको छ।