६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रम सम्पन्न
आज मिति २०६९ औं प्रहरी दिवस -२०८१ को अवसरमा यस कार्यालयको प्राङ्गणमा आयोजित प्रहरी दिवस कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवज, नयाँ सवुज गणका प्रमुख सेनानी दिनेश लामा, यस कार्यालयको कार्यालय प्रमुख प्रहरी उपरीक्षक भावेश रिमाल, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन. संचार रामनगर चितवनका प्रमुख प्रहरी उपरिक्षक.नरेश राज सुवेदी, सशस्त्र प्रहरी बल गण नं. १७ चितवनका प्रमुख ससस्त्र प्रहरी उपरिक्षक राजेश खरेल ,राष्ट्रिय अनुसन्धान विभाग चितवनका उप-अनुसन्धान निर्देशक मनोज ढकाल, विभिन्न राजनैतीक पार्टीका प्रतिनिधीहरु, संघ सस्थाका, प्रतिनिधीहरु अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारीहरु, तथा अमर प्रहरी परिवारहरु, र अन्य आमन्त्रित महानुभावहरु, यस कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरि निरिक्षक नायब निरिक्षक प्रहरि हवल्दार , प्रहरी जवान कार्यक्रमा रहेको कार्यक्रममा खेलकुद तर्फ ब्यडमिन्टन र टेबलटेनिस बिधामा प्रथम र द्धितिय स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरि चितवन जिल्लाको जेष्ठ पुर्व प्रहरीलाई र अमर प्रहरी परिवार संघका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गर्नुको साथै उक्त कार्यक्रममा प्रहरी कार्य तथा पुर्वाधार निर्माणमा सहयोग गर्नुहुने महानुबावलाई प्रशंसा पत्र बितरण गरी कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।
