मर्निङवाक हिडेकोमा मंगले बोटे ८बजेकाे समयमा बेपत्ता

Spread the love

जिल्ला चितवन भरतपुर भरतपुर महानगर पालिका.२८ स्थितमा .२८ जितपुर वस्ने वर्ष ६५ को मंगले बोटे र वस्ने वर्ष ५५ को जिवन बोटे संगै मर्निङवाक हिडेकोमा मंगले बोटे ८बजेकाे समयमा बेपता भएक.०८:०० बजेको समयमा प्राप्त हुना साथ प्रहरी टोली घटना स्थलमा खटिई गइ बुझ्दा बाघ देखा परेको भनिएकोमा खोज तलासको लागि नेपाली सेना,राष्ट्रिय निकुञ्जको प्रशासन टोली, स्थानीय जनप्रतिनिधि समेतसँग मिलेर हात्तिको सहयोगमा खोजतलास गर्दै जाँदा १६:२० बजेको समयमा घटना स्थलबाट अ.४/५ कि.मि.पुर्व राप्ति हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले समातेको अवस्थामा एक जनाको लास फेला परेकोमा उक्त लास मंगले बोटेको हो भन्ने निजको छोराले सनाखत गरेको, उक्त घटना बारेमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलयका चितवनका सुचना अधिकारिले बताउनु भयाे ।