आफूलाई पहिल्यै लागेको र अहिले त्यो पुष्टी भएको भनाइ
टेलिभिजनमा अन्तरवार्ता दिँदै दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको बताएका थिए । यसमा प्रसाईंले आपत्ति जनाए । दरवारलाई कमजोर बनाउने गरी धवलशम्शेरले अभिव्यक्ति दिएको र यसमा माफी माग्नुपर्ने उनको भनाइ छ । आफ्नो नयाँ बन्न लागेको पार्टीभित्र ‘सीआइए’(अमेरिकी खुफिया एजेन्सी) पसेको समेत उनले टिप्पणी गरेका छन् ।एउटै पार्टी गठनको तयारीमा रहेका दुई नेता डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच गम्भीर अन्तरविरोध सिर्जना भएको छ । प्रसाईंले आज विष्फोटक अभिव्यक्ति दिँदै धवलशम्शेरले राजसंस्था नै नचाहेको आरोप लगाएका छन् ।
हाम्रो सन्देश नामक युट्यूव च्यानललाई दिएको अन्तरवार्तामा प्रसाईंले भनेका छन्, ‘मेरो पार्टीको अध्यक्षले बोलेको कुरा सुनेर म छाँगाबाट खसेजस्तो भएँ । प्रचण्ड र बाबुरामले बोल्ने कुरा उहाँको मुखबाट आयो । मेरै पार्टीभित्र, मैले बनाउन आँटेको पार्टीभित्र सीआइए पस्यो भन्ने कुरो मैले बुझ्नुपर्छ कि पर्दैन रु अनि राजसंस्था आयो र ?’
‘तथ्यगत कुरालाई आज मोडेर दरबार कमजोर बनाउनलाई धवल दाइ लाग्नुहुन्छ भने उहाँले कस्तो राजसंस्था खोजेको र ?’ उनले प्रश्न गरे, ‘म धवल दाइलाई प्रश्न गर्छु, दाइ तपाईँले हाम्रो पार्टीको अध्यक्ष बन्दै गर्दा यो कस्तो खालको कुरा गर्नुभएको रु तपाई अञ्जान हो कि अबुझ हो र ? अबुझ हो भने राजनीति नै नगर्नुस् । घरमा आराम गरेर बस्नुस् ।’राणाहरुले राजसंस्था चाहँदैनन् भन्ने शंका आफूलाई पहिल्यै लागेको र अहिले त्यो पुष्टी भएको उनको भनाइ छ ।
प्रसाईंले थपे, ‘हामीलाई पहिल्यै शंका लागेको थियो । राणाहरुले राजसंस्था चाहँदैनन् । यो देशमा राजसंस्था सिध्याएको नै राणाहरुले हो । जुद्दशम्शेर र चन्द्रशम्शेरको वंशले हो । म आज वाध्यताले यो कुरा भन्दैछु । उनीहरुलाई २००७ सालमा आफ्नो वंश हटाएको पीडा छ । जतिबेलासम्म नेपालमा राणाहरु हावी हुन्छन्, तबसम्म राजसंस्था आउँदैन ।’प्रसाईंले धवलशम्शेरसितको एकता भाँडिएको स्पष्ट संकेत गरेका छन् । आफूले पार्टी दर्ता अलि पछि गरौं भन्दा धवलशम्शेरको समूह अहिल्यै गरिहाल्न हतारिएको उनले टिप्पणी गरे ।‘यो साउनको बेला छ, २८ गते मिड निर्बाणको दिन हो । १५-२० दिन पछाडि पार्टी दर्ता गरौँ भन्दा उहाँहरू किन हतार गर्दै हुनुहुन्छ ? म त पार्टी दर्ता गरे पनि दुर्गा प्रसाईं हो, नगरे पनि दुर्गा प्रसाईं हो । तर देशले अहिले खोजेको एउटा फेयर मान्छे दुर्गा प्रसाईं हो,’उनले भने ।
लक्ष्मा पुग्नु छ भने एक्लै यात्रा गर भनेर भगवान श्रीकृष्णले अर्ति दिएको उनले स्मरण गरे ।
